🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

निर्वाचनको मुखमा झन्डै ३ हजार कर्मचारी सरुवाको तयारी

काठमाडौं । कर्मचारी खटनपटनको दायित्वबहन गर्दै आइरहेको सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा निजामति सेवाका कर्मचारीहरुको सरुवा गर्ने तयारी गरेको छ । यसअघिका सरुवा निर्वाचन आचारसंहिताविपरीत गरेको आरोप खेपेको मन्त्रालयले यसपटक भने निर्वाचन आयोगसँग अनुमति नै लिएरै कर्मचारी सरुवा गर्दैछ ।

स्रोतका अनुसार, सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले यतिबेला कर्मचारी सरुवाका लागि आन्तरिक गृहकार्य तीव्र पार्दै लगेका छन् । झन्डै ३ हजार कर्मचारी सरुवा गर्ने गरी उनी अघि बढेको मन्त्रालय निकट स्रोतले साँघुसँग दाबी ग¥यो ।  त्यसो त नियुक्त भएर आएको केही समयदेखि नै मन्त्री बस्नेतले कर्मचारी सरुवामा रुचि देखाएका थिए । उनले केहीपटक सरुवाका लागि प्रयाससमेत गरेका थिए । तर, सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा उनको चाहनामा तगारो बनेका थिए । सापकोटाले अवरोध गरेपछि उनी पछि हटेका थिए । तर, मन्त्री बस्नेत सचिव सापकोटा विदेश भ्रमणमा गएको मौका छोपेर कर्मचारी सरुवाका लागि कस्सिएका छन् । स्रोतको दाबीलाई पत्याउने हो भने भदौ २६ /२७ भित्रै ठूलो मात्रामा कर्मचारीको सरुवा हुँदैछ । ‘सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत निर्वाचन आयोगसँग अनुमति लिएरै कर्मचारी सरुवाका लागि तयार भएर बसेका छन्,’ स्रोतले भन्यो,  निर्वाचन आयोगलेले   अनुमति  दिएमा  ‘अन्य कुराहरु यथावत रहेमा सोमबार र मंगलबारभित्रै ठूलो मात्रामा कर्मचारी सरुवा हुनेछन् ।’

 प्राप्त समाचार अनुसार, सरुवाको सूचीमा चढेका कर्मचारीहरुमा अधिकांश  निजामति नियमावली कुल्चेर लामो समय काठमाडौंमा अड्डा जमाएर बसेकाहरु छन् । ‘मन्त्रीले सरुवाको डन्डा चलाउन लागेका अधिकांश कर्मचारी रैथाने जस्तै भएर काठमाडौंभित्र बसेकाहरु छन्’, मन्त्रालय स्रोतले सरुवाबारे थप प्रष्ट पार्दै साँघुसँग भन्यो ।

सचिव कोरियामा घुम्दै, यता सरुवाको तयारी हुँदै
सामान्य प्रशासन मन्त्रीलाई असहयोग गरेको आरोप खेप्दै आइरहेका सचिव  मोहनकृष्ण सापकोटा यतिबेला कोरिया भ्रमणमा छन् । तर, यता उनी मातहतको मन्त्रालयमा भने भटाभट कर्मचारी सरुवाको सूची तयार भइरहेको छ । स्रोतका अनुसार, मन्त्री बस्नेतले चलाउन लागेको सरुवाको डन्डा स्वयं सचिव सापकोटाको आङमासमेत बज्रँदैछ । उनलाई सामान्यबाट सरुवा गरेर सूचना आयोगतिर खेद्ने योजना बनाइएको छ । मन्त्री बस्नेतले यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग नै अनुमति लिइसकेको मन्त्री बस्नेतले निकटका व्यक्तिहरुलाई बताएका छन् ।

गृह मन्त्रालयमा जाने भन्दै सचिव सापकोटाले सबै गोप्य सूचना उता पु¥याएको मन्त्री बस्नेतको आरोप छ । यही शंकाका आधारमा उनले सापकोटालाई हरहालतमा  सरुवा गर्ने सोच बनाएको बताइन्छ । मन्त्री बस्नेत र गृहमन्त्री जनार्दन शर्माबीचको सम्बन्धमा खेलेको आरोपसमेत उनीमाथि छ ।

स्रोतका अनुसार, मन्त्रालयले सोमबार नै सूचना आयोगमा उनको सरुवा गर्ने गरी तयारी अघि बढाएको छ । ‘मन्त्रीको चाहनाले मूर्त रुप लिएमा मालदार मन्त्रालय खोजेर बसेका सचिव सापकोटा सूचना आयोगमा हाजिर हुन जानुपर्नेछ’, स्रोतले भन्यो । प्रशासन सेवा समूहका सचिवलाई तह लगाउन सूचना आयोगलगायत कमजोर निकायमा लखेटिने परिपाटी पुरानै हो । यसपटक सचिव सापकोटा यसको सिकार हुन लागेको गाइँगुइँ मन्त्रालयतिर चलेको छ ।