🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

असिनाले सखाप पार्‍यो म्याग्दीको आलुखेती, किसानको मेहनत बारीमै नष्ट

म्याग्दी, २५ जेठ : म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपाली मुस्किलले एक मुरी आलु खन्नुभयो ।

“असिनाले हुर्कँदै गरेको अवस्थामा चुटेर आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूला हुन र थप दाना फल लाग्नै नपाउँदा उत्पादन आधाले घटेको छ”, उहाँले भन्नुभयो, “गत वर्ष ५० मुरी आलु फलाएको थियो । यसपाली आधा पनि उत्पादन होला जस्तै छैन ।”

आलुखेतीको पकेट क्षेत्र मानिने रघुगङ्गा गाउँपालिकाको मङ्गलेखानी, चौरखानी, ¥यासीखर्क, पात्लेखर्क, ढुवाडी, ढाँडका किसान असिनाले बोट नष्ट गरिदिएपछि चिन्तित भएका छन् । वैशाख र जेठमा परेको बाक्लो असिनाले आलुका बोटबिरुवा नष्ट गर्दा उत्पादनमा असर परेको किसान नरकुमारी किसानले बताउनुभयो ।

सत्ताइस परिवारको बसोबास रहेको मङ्गलेखानीका बासिन्दाको मुख्य आयस्रोत खालुखेती हो । माघमा रोपेको आलु जेठको अन्तिम सातादेखि खन्न सुरु भएको छ । समुन्द्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा रहेको मङ्गलेखानीको चिसो हावापानीमा रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक विधिबाट आलुखेती हुने गरेको किसान कृषक नरकुमारीले जानकारी दिनुभयो ।

गत वर्ष आलु बेचेर रु दुई लाखसम्म आम्दानी गरेका यहाँका किसान यस वर्ष उत्पादनसँगै आम्दानी पनि घट्नेमा चिन्तित छन् । स्वादिलो र सुक्खा हुने मङ्गलेको आलु बेनी, पोखरा र काठमाडौँका बजारमा खपत हुन्छ ।

पात्लेखर्कमा पनि असिनाले गर्दा आलु उत्पादनमा गिरावट आएको रघुगङ्गा-८ की वडा सदस्य प्रिती पुनले बताउनुभयो । “यहाँका एक जना किसानले वार्षिक १५० मुरीसम्म आलु फलाउँछन्”, उहाँले भन्नुभयो, “तर यसपाली असिनाले सबै किसानको बारीमा आलुको दाना लाग्नै पाएको छैन, लागेको दाना पनि साना छन् ।”

असिना पीडित किसानको गुनासो र क्षतिपूर्तिका लागि गाउँपालिकामा पहल गरेको वडा सदस्य पुनले बताउनुभयो । उच्च पहाडी क्षेत्र मङ्गलेखानीको भूगोल र हावापानी अनुकूल भएकाले किसानले आलुलाई मुख्य बालीका रूपमा खेती गर्दै आएका छन् ।

यहाँका किसानलाई जिल्ला कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, गाउँपालिकाको कृषि शाखाबाट बीउ, औजार, सिँचाइ र भण्डारगृह निर्माणमा अनुदान सहयोग हुँदै आएको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *