🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

\’कोलम्बो पोर्ट सिटी’ मा व्यवसाय दर्ता प्रक्रिया सुरू

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले चीनद्वारा निर्मित कोलम्बो बन्दरगाह शहरमा व्यवसाय सञ्चालन गर्न चाहने व्यवसाय दर्ता गर्न आवश्यक पर्ने कानुन जारी गर्नुभएको छ ।

राष्ट्रपतिले बुधबार राति असाधारण राजपत्रमा अर्थ, आर्थिक स्थायित्व र राष्ट्रिय नीति मन्त्रीको रूपमा यी नियमहरू जारी गर्नुभएको हो । कोलम्बो पोर्ट सिटीमा व्यवसाय सुरु गर्न चाहने फर्म वा व्यक्तिले कोलम्बो पोर्ट सिटी आर्थिक आयोग (सीपीसीईसी) अनुमति प्राप्त आधिकारिक व्यक्तिको रूपमा योग्य हुर्न  आवेदन दिनु र यसलाई स्वीकृत गर्नु जरूरी छ । 

 सीपीसीईसीले आवेदन र सहायक कागजातहरूको मूल्याङ्कन गरेपछि सैद्धान्तिक रूपमा अनुमोदनको पत्र जारी गर्नेछ । यदि आवेदकले सबै कानूनी र नियामक आवश्यकताहरू पूरा गरेको छ र अनुमोदनको पत्रमा उल्लिखित सबै शर्तहरूको पालना गरेको छ भन्ने कुरामा आयोग सन्तुष्ट छ भने, यसले आवेदकलाई कोलम्बो पोर्ट सिटीमा व्यवसायमा संलग्न हुन अनुमतिस्वरूप आवेदकलाई इजाजतपत्र जारी गर्नेछ ।

यो इजाजतपत्र जारी भएको मितिले १२ महिनाको अवधिका लागि मान्य हुनेछ । तर, अनुमतिपत्र जारी भएको छ महिनाभित्र आवेदकले व्यवसाय सुरु नगरेमा इजाजतपत्र रद्द हुनेछ । 

चीनद्वारा प्रस्तावित ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’को ढाँचाअन्तर्गत समुद्रबाट पुनःप्राप्त भएको मानिने र कोलम्बो शहरमा गाभिएको कोलम्बो पोर्ट सिटी २६९ हेक्टर जमिनमा सेवामूलक विशेष आर्थिक क्षेत्रको रूपमा स्थापित भइरहेको छ ।