🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी, जनजीवन कष्टकर

सेन्ट पिटर्सबर्ग, फ्लोरिडा  । अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीका कारण जनजीवन कष्टकर बनेको छ । आँधीका कारण अमेरिकाको दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी पनि आएको अधिकारीहरुले जानकारी दिएका छन् । 

आँधी र बाढीले विद्युत, सञ्चार, खानेपानी, यातायात लगायतका आधारभूत सेवाहरु अवरुद्ध भएकाले जनजीवन प्रभावित भएको हो । यसबाट २५ लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ । 

अहिलेसम्मका ठूला आँधीमध्येमा पर्ने यस इयान आँधी र बाढीका कारण सयौँ घर डुबानमा परेका छन् भने धेरै भौतिक संरचना भत्किएका छन् । आँधी आइरहेका बेला आप्रवासीलाई लिएर क्युबाबाट फ्लोरिडातर्फ आउँदै गरेको एउटा डुङ्गा डुब्दा २३ जना हराइरहेको सुरक्षाकर्मीले बताएका छन् ।

झण्डै २४१ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले गराएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । उनीहरूले थप क्षति हुनसक्ने खतरा रहेकाले सतर्क अवस्थामा रहन सबैलाई अनुरोध पनि गरेका छन् । 

आँधीका कारण फोर्ट मायर्स सहरसहित ली काउन्टीमा कफ्र्यू घोषणा गरिएको छ । बुधवार बेलुका छ बजेबाट सुरु भएको कफ्र्यु अर्को सूचना प्रकाशित नभएसम्म कायम रहने काउन्टीले जनाएको छ ।