🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

रंग विरंग : यो हो विश्वकै महँगो गँंगटो

मानिसको शौखपनि केसम्म हुन्छ भन्ने कुरा यस घटनाले प्रष्ट पार्दछ । हालै विश्वकै सबैभन्दा ठूलो गंगटो ५० लाख भन्दा बढी रकममा लिलाम भएको छ । यति भयंकर गंगटाको लिलामी जापानको पश्चिमी क्षेत्र टोटरीमा भएको हो । बरफमा पाइने यस किसिमको गंगटालाई क्रस्टेसियन गंगटा भनिन्छ । जापानमा जाडो महिना सुरु भएपछि ‘सी फुड’ को लिलाम हुने गर्दछ ।

मानिसहरू यसका लागि पर्खाइमा रहने गर्दछन् । यस लिलामीमा टुना माछा विशेष आकर्षणको केन्द्र बन्ने गर्दछ । विश्वकै ठूलो यो गंगटाको तौल १.२ किलोग्राम छ र लम्बाई १४.६ सेन्टिमिटर रहेको छ । अघिल्लो बर्ष पनि एक गंगटोका लागि २० लाख रुपैयाँको बोली लागेको थियो । हालै लिलामी गरिएको गंगटाले अघिल्लो बर्षको रेकर्डलाई तोड्दै गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराएको छ । खबरका अनुसार, यस गंगटोलाई एक स्थानीय पसलले खरिद गरेका छन् र त्यसलाई जापानको एक महंगो रेस्टुरेन्टलाई दिइनेछ ।