🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

लालबाबु त गए, भ्रष्टको अवस्था के होला ? 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अघिल्लो पटक विदेशको ग्रीनकार्ड र पीआर लिने कर्मचारीलाई सरकारी सेवा गर्न रोक लगाएर वाहीवाही कमाए । तर, वर्तमान सरकारमा उनी सामान्य प्रशासन मन्त्री भएर उल्लेख्य काम त गर्न सकेनन् नै बरु उनको नाममा केही टाठाबाठा र बदनाम कर्मचारीहरूले लिनसम्म लाभ लिएको  कर्मचारी स्रोत बताउछ । 

मन्त्रीको बदनाम गर्दै उनीहरूले लाभ लिएको उनले पत्तै पाउन नसकेका हुन् कि थाहा पाएर पनि उनले बुझ पचाएका थिए भन्ने भेउ कर्मचारीले पाउन सकेका थिएनन् । स्रोत  भन्छ, सामान्य प्रशासनतर्फको कर्मचारी प्रशासनका उपसचिव चन्द्र फुयाँल मन्त्रालयमा दिनभर देखिंदैनन् ।

अपरान्ह ४ बजेपछिमात्र आउँछन् र सेटिङ मिलेका कर्मचारीको सरुवा सहमतिको प्रक्रिया मिलाउने गर्दछन् भन्ने आरोप लाग्दै आएको छ । स्रोत भन्छ, उनी प्रायः नेपाली कांग्रेसको संसदीय दलको चमेनागृहमा बिचौलियासँग सेटिङ गरिरहेका हुन्छन् । मन्त्रालयमा भए पनि आफ्नो कार्यकक्षमा नबसी सहसचिवहरूको कोठामा बस्ने गर्दछन् । सामान्यको कर्मचारी प्रशासन शाखामा शाखा अधिकृत सन्तोष दाहाल केही दिनअघि मात्र सरुवा भएर आएका छन् । 

मन्त्री पण्डितले ७ सय ५३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा जानकारी नदिई नगर्न सचेत गराएका थिए । मन्त्रीको जानकारीविना सरुवा गर्न नपाइने भएकाले उपसचिव फुयाँलले त्यसमा अर्को जुक्ति निकालेका थिए ।

फुयाँलले सरुवा हुने शाखा अधिकृत र उपसचिवसंग लेनदेन मिलाउने र उनीहरूलाई आफ्नो क्षेत्रका वा चिनजानका नेकपाका सांसद वा नेतामार्फत् मन्त्री पण्डितलाई फोन गर्न सिकाउने गरेका थिए भनेर कर्मचारी स्रोत बताउछ ।

मन्त्री पण्डित पनि सांसद वा नेताको सिफारिस गरेको भनेर ढुक्क हुने गर्दथे । तर, भित्रभित्रै सेटिङमा सरुवा हुने गरेको पत्तो समेत मन्त्री पण्डितले नपाउने गरेको स्रोत बताउँछ । 
यस्तो अवस्थामा अब नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कसरी सम्हाल्ने हुन् यो मन्त्रालय भन्ने प्रश्न खडा भएको छ ।