🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधन

काठमाडौँ, ३ पुस । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । 

कलेजोको क्यान्सरको उपचार गराइरहेका पूर्वप्रधानमन्त्री गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उनका श्रीमती सराह गिरीले जानकारी दिइन । सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गर्नुभएका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित थिए। 

विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा सदस्यका रुपमा काम गरेका गिरीले प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्ष भई काम गरेका थिए। उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती गिरीले जानकारी दिइन । गिरीका श्रीमती, दुई छोरा र चार छोरी छन । रासस