माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्ति आर्जनका लागि रणनीतिक अभ्यास गर्न थालेका छन् ।
पूर्वमाओवादीहरुलाई एकसाथमा ल्याउने र अन्य साना दलहरुलाई पनि एकतामा ल्याउने रणनीति अख्तियार गरेकाे माओवादी केन्द्र स्राेत बताउछ । तत्कालका लागि यो रणनीति अभ्यासले पार्टीले शक्ति आर्जन गर्ने र सत्ता राजनीतिमा थप बलियो बन्ने संभावना रहेको भन्दै प्रचण्डले उक्त अभ्यास गर्न खोजेका हुन् ।
अहिले एसका नेताहरुका चलेको चर्चा अनुसार एउटा पंक्ति माओवादी केन्द्रसँग मिल्नुपर्छ भन्ने रहेको छ भने अर्को पंक्ति एमालेसँग मिल्नुपर्छ भन्ने रहेको छ ।
त्यसैले अहिले नेपाल समाजवादी पार्टी(उपेन्द्र)सँग एकताको अन्तिम तयारीमा रहेका छन् । पूर्वमाओवादी घटकमा नेत्रविक्रम चन्द विप्लवलाई पनि पार्टी एकतामा ल्याउने अन्तिम तयारीमा जुटेका छन् । अनि एमालेमा गएका तर अहिले एमाले छोडेर बसेका मणि थापासहितको पूर्वमाओवादी घटकलाई पनि जोड्ने प्रयास गर्न थालेका हुन् ।
उनीहरुलाई पार्टीमा ल्याउँदा पूर्वमाओवादीहरु एकठाउँमा हुने र त्यसले मनोबल पनि उच्च बनाउने संभावना रहेको भन्दै अभ्यास गर्न खोजेका छन् ।
यता ,संसदमा १० सिट रहेको एकीकृत समाजवादीलाई पनि एकतामा ल्याउन खोजेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले अध्यादेश ल्याएर पार्टी फुटाईदिन लागेको भन्दै प्रचण्डले माधव नेपालसहितका नेताहरुलाई दबाबमा राख्न थालेका छन् । तर, एसको ठूलो पंक्ति भने एकताको पक्षमा रहेको छैन । उनीहरु बरु एमालेमै फर्किने मनसायमा रहेकाे एस स्राेत बताउछ ।
माओवादी मिल्नुभन्दा एमाले जानु राम्रो भन्न थालेका छन् । तर, पनि अध्यक्ष नेपाल, झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका नेताहरु भने एमालेसँग जाने मुडमा छैनन् । र, एमाले पनि उनीहरुलाई लिने मुडमा छैन । सोही कारणले गर्दा एकताको संभावना रहेको भन्दै माओवादी केन्द्रले प्रयास भने गरेको छ ।
संसदको अधिवेशन अन्त्य भएपछि अध्यादेश ल्याएर एसलाई फुटाईदिने चर्चा निकै भइरहेको छ । त्यसो त, अध्यादेश ल्याउनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले रोक्ने संभावना रहेको भन्दै एसका नेताहरुले झिनो आशा राखेका छन् ।
अहिले एसका नेताहरुका चलेको चर्चा अनुसार एउटा पंक्ति माओवादी केन्द्रसँग मिल्नुपर्छ भन्ने रहेको छ भने अर्को पंक्ति एमालेसँग मिल्नुपर्छ भन्ने रहेको छ ।
एमालेसँग मिल्नुपर्छ भन्ने समूह भने व्यक्तिगत तहबाट पनि एमालेसँग छलफलमा जोडिएका छन् । तर, एमाले र उनीहरुवीच ठोस सहमति हुन सकेको छैन ।
त्यसैले एसका सांसदहरु अहिलेसम्म विभाजित हुन सकेका छैनन् । पार्टी विस्तारित केन्द्रीय सदस्यमा नपरेकाहरुको असन्तुष्टिका कारणले पनि एसमा अहिले भाँडभैलो देखिन थालेको छ ।
असन्तुष्टि र भाँडभैलोको अवस्थाको व्यवस्थापन कसरी हुन्छ ? भन्ने प्रश्न महत्वपूर्ण बनेको छ । त्यसैले एस केही एमाले र केही माओवादीका गएर सकिने संभावना रहेको पनि टिप्पणी भइरहेको छ ।




