🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

आइतबार राति ह त्या गरिएका पूर्वराज्यमन्त्री रायको अन्त्यष्टि, घटनाको अनुसन्धान जारी

मलङ्गवा (सर्लाही), ८ साउन : गत आइतबार राति सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका पूर्वराज्यमन्त्री रामचन्द्र रायको अन्त्यष्टि गरिएको छ । 

रायको आज साँझ मलङ्गवा नगरपालिका–४, साकेत विहार राममन्दिर परिसरमा धार्मिक अन्त्येष्टि गरिएको हो । उहाँको अन्त्येष्टिमा सशस्त्र प्रहरी नम्बर १० को टुकडीले सोक सलामी अर्पण गरेको थियो ।

रायको पार्थिव शरीरमा जेठा छोरा शैलेन्द्र रायले दागबत्ती दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले रायको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनद्वारा पूर्वराज्यमन्त्री रायप्रति श्रद्धाञ्जली अर्पण

यस्तै उहाँको अन्तिम संस्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, राप्रपाका प्रदेश अध्यक्ष भरत गिरी, पूर्वमन्त्री एवं सांसद महेन्द्रराय यादवलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । 

घटनाको अनुसन्धान जारी

रायको हत्या घटनाको अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले यस घटनालाई उच्चपदस्थ व्यक्ति हत्या घटनाका रूपमा सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

घटनालगत्तै उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गर्दै स्थानीय प्रहरी प्रशासन टुटिरहेका बेला आजदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले समेत अनुसन्धान थालेको छ । टोली सोमबार राति मात्र सर्लाही आइपुगेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रयोग भएको भनिएको घरेलु हतियार फरसा फेला परे पनि अहिलेसम्म अन्य ठोस प्रमाण फेला नपरेको उहाँको भनाइ छ । “अहिलेसम्म घटनाका विषयमा ठोस प्रणाण फेला परेको छैन । हामी निरन्तर अनुसन्धानमा छौँ । प्रहरीको सम्पूर्ण शक्ति यही घटना अनुसन्धानमा जुटेको छ । सिआइबी टोलीले समेत आइपुगेकाले अब चाँडै अनुसन्धान टुङ्गोमा पुग्ने आशा गरेका छौँ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।  
     

घटनालगत्तै प्रहरीले रायको घरमा सहयोगीका रुपमा काम गर्ने एक युवक र खाना पकाउने एक महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । उनीहरूको बयानअनुसार घटनामा अन्य तीनजना संलग्न रहेको प्रहरीको आशङ्का छ ।

प्रहरीले घटनास्थललाई पूरै सिल गरेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । अहिले घटनास्थल चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा सुरक्षाकर्मी व्यापकमात्रामा परिचालन गरिएका छन् । 

पुख्र्यौंली घर मलङ्गवा नगरपालिका–४, भएका ८० वर्षीय राय धेरैजसो समय परिवारसँगै काठमाडौँ बस्दै आउनुभएको थियो । उहाँ एक साताअघि मात्र धानखेती गर्न रतनपुर पुग्नुभएको थियो । सोही क्रममा आइतबार राति फार्म हाउसमा सुतेकै ओछ्यानमा हत्या गरिएको अवस्थामा उहाँको शव फेला परेको हो । 

विसं २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य तथा २०५६ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभामा निर्वाचित राय २०६१ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा भूमिसुधार राज्यमन्त्री बन्नुभएको थियो । रायका श्रीमती, दुई छोरा र पाँच छोरी हुनुहुन्छ ।

यसैबीच पूर्वराज्यमन्त्री रायको असामयिक निधनको शोकमा मलङ्गवा नगरपालिकाले आज शोक बिदासमेत दिएको थियो । 
—