🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

इमरान खान सरकारको सय दिन : सर्वत्र सुधारको संकेत

इस्लामावाद, १४ मङ्सिर (रासस/सिन्ह्वा) : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सय दिने कामको विवरण बिहीबार सार्वजनिक गर्दै यो अवधिमा देशका विभिन्न क्षेत्रमा सुधार गर्ने र आर्थिक बृद्धि गर्ने संकेतहरु देखिएको खान सरकारको दावी छ । 

प्रगति प्रतिवेदन सार्वजनिक गर्न जिन्नाह कन्भेन्सन सेन्टर इस्लामावादमा मङ्सिर १३ गते विशेष  कार्यक्रमको आयोजना गरिएको थियो भने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, सरकारी अधिकारीहरु र विभिन्न क्षेत्रका व्यक्तिहरुको ठूलो उपस्थिति रहेको थियो । 

प्रधानमन्त्रीका सल्लाहकार मोहम्मद शेहजाद अर्बाबले सरकारले गर्ने भनेको ३४ कामहरु मध्ये १८ काम सम्पन्न गरेको जानकारी दिए  । 

उनले सरकारको काम प्रगतिपूर्ण नै रहेको दावी गर्दै अरु १६ काम पनि सन्तोषजनक तरिकाले अगाडि  बढेको बताए । 

यो अवधिमा सरकारले मुख्य गरेर सुशासन, आर्थिक वृद्धिका लागि सफल कार्यक्रम, संघीय प्रदेशको सशक्तिकरण, कृषि क्षेत्रको उथ्थान र पानीको स्रोतको सम्बद्र्धन, सामाजिक सेवामा परिवर्तन, तथा राष्ट्रिय सुरक्षागरी छ ओटा क्षेत्रमा दह्रो आधार तयार गरेको सल्लाहकार अर्बाबले जानकारी दिए  । 

गत अगस्त १८ मा प्रधानमन्त्रीका रुपमा इमरान खान निर्वाचित भएका हुन्  । उनले त्यति बेला नै सय दिने योजना र कार्यक्रमहरु सार्वजनिक गरेका थिए  ।  इमरान खान  आगामी पाँच बर्षका लागि प्रधानमन्त्री बनेका हुन्। 
–––