🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

धेरै बाठो हुँदा प्रचण्डले तीन बल्ड्याङ्ङ खाएः सांसद चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुईवटा ठूला पार्टी मिलेपनि मुलुकमा केही उपलब्धि हुन नसक्ने बताएका छन् ।

२०८१ असार २५ गते मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै केसीले वर्तमान प्रधानमन्त्रीले खेल नबुझेको भन्दै अब केही गर्न नसक्ने बताए ।

उनले भने, ‘ठूलो पार्टीले अर्थ र गृह मन्त्रालय किन नलिएको भन्ने कुरा म राजनीति नजान्नेले पनि बुझेको थिए ।

बुढानीलकण्ठमा भएको विवादलाई आधार बनाएर बालकोट पुग्नुभयो त्यसको परिणाम प्रधानमन्त्रीले भोग्नु भएको छ । अब दुईवटा ठूला पार्टी मिसिएपछि हुनेवाला केही छैन् । मुखको तितो पोख्ने मात्र हो ।’

पछिल्लो समय संसदभित्रको दोस्रो पार्टीले प्रधानमन्त्रीलाई पाँचै वर्ष सत्तामा राख्न नदिएको भन्दै केसीले प्रधानमन्त्रीले बल्ल खेल बुझेको बताए ।

उनले भने, ‘वर्तमान प्रधानमन्त्रीले बुझ्नु भएन खेल । पुस १० गते तपाई जहाँ पुग्नुभयो त्यही दिनदेखि दशा शुरु भएको थियो । यसो भन्दा नराम्रो लाग्ला ।

तपाईं कति पटक बालकोट जानुभयो, कति पटक बुढानीलकण्ठ पुग्नुभयो, यसरी राजनीति चल्छ ? पछिल्लो पटक तपाईंलाई पाँचै वर्ष सत्तामा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन । अहिले बल्ल भोग्नुभयो ।’ धेरै बाठो हुँदा प्रचण्डले तीन बल्ड्याङ्ङ खाएको पनि केसीले टिप्पणी गरे ।