🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सत्तासमीकरण परिवर्तनलाई लिएर कोही आत्तिनुपर्दैन : डा कोइराला

इनरुवा, १९ असार : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले सत्तासमीकरण परिवर्तनलाई लिएर कोही पनि आत्तिन नपर्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन सुनसरीले आज इटहरी उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सत्तासमीकरण परिवर्तनपछि केही नेता र पार्टी आत्तिएको बताउनुभयो । 

प्रतिनिधिसभा सांसद डा कोइरालाले सत्तासमीकरण बदलिएपछि विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आत्तिएको र त्यसैकारण लामिछानेले मङ्गलबार गलत प्रतिक्रिया दिएको उल्लेख गर्नुभयो । कांग्रेस–एमालेबीच समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिन आलटाल गर्नु राम्रो नभएको पनि डा कोइरालाको भनाइ छ । 

दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशङ्का व्यक्त भइरहेको भन्नुहुँदै उहाँले दुई पार्टीले राम्रो काम गरेर यस्ता आशङ्का चिर्नुपर्नेमा जोड दिनुभयो।  
—