🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौँ, १७ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनमा  पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक दस्तावेजमा छलफल सुरु भएको छ । जारी महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पार्टीको कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा समूह बनाएर छलफल सम्पन्न गरिएपछि प्रतिनिधिको सुझावसहित अनुमोदन गरिने जानकारी दिँदै नेता पाण्डेले महाधिवेशन सञ्चालनमा सहजीकरण तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिइ एकीकृत दस्तावेज बनाएर पारित गराउने जिम्मेवारीसहित सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको बताउनुभयो । उहाँले निर्णय र बहस टिपोटका लागि कमिटीसमेत गठन गरिएका जानकारी दिनुभयो ।

यही असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । निर्वाचनका लागि विद्युतीय उपकरणको व्यवस्था गरिएको छ ।
—