🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु, सबै क्षेत्र बन्द

अफ्रिका, १४ बैशाख । तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ ।

तान्जनियाको सरकारका अनुसार सो बाढी पहिरोमा परी २३६ जना घाइते भएका छन् । प्रधानमन्त्री कासिम मजलिवाले संसदलाई भने कि एल निनो जलवायु ढाँचाले चलिरहेको वर्षाको मौसममा बाढी आएको र सडक, पुल र रेलमार्गहरू ध्वस्त पारेको छ । “देशका विभिन्न भागमा तेज हावा, बाढी र पहिरोसँगै आएको भारी एल निनो वर्षाले ठूलो क्षति पुर्याएको छ,” मजलिवाले बिहीबार संसदमा भनेका छन् ।

एल निनो एक प्राकृतिक रूपमा हुने जलवायु ढाँचा हो जुन सामान्यतया विश्वव्यापी रूपमा बढेको गर्मी, साथै खडेरी र भारी वर्षासँग सम्बन्धित रहेको जलबायु प्रणाली हो । ‘वर्षाका विनाशकारी हुनुमा मुख्यतया वातावरणीय ह्रासका कारणहरू हुन,’ मजलिवाले भने, ‘वन फँडानी, कृषि र अनियमित पशुधन चराउने जस्ता दिगो खेती अभ्यासका कारण यस्तो भएको हो ।’

वर्षाबाट २ लाखभन्दा बढी मानिस र ५१ हजार घरपरिवार प्रभावित भएको प्रधानमन्त्रीले बताएका छन । बाढीमा परेका विद्यालयहरू बन्द भएका छन् र आपतकालीन सेवाहरूले बाढीको पानीमा फसेका मानिसहरूको उद्धार गरिरहेका छन् ।