🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

एमेच्योर टेनिस प्रतियोगिता मण्डिखटारमा सुरु

काठमाडौं । मंगलबारबाट एमेच्योर टेनिस प्रतियोगिता सुरु भएको छ ।

मण्डिखटार टेनिस क्लबको आयोजनामा सुरु भएको एमेच्योर टेनिस प्रतियोगिता चैत्र २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न उमेर समूहका १ सय २७ जना प्रतियोगीले सहभागिता जनाएका छन् ।

कार्यक्रममा टेनिसका पूर्वअध्यक्ष मनोज एसजेभि राणाले क्बले गराउने प्रतियोगिताले खेलाडीहरुलाई हौसला बढाउने धारणा राख्दै टेनिसलाई लोकप्रिय बनाउन क्लबका खेलाडीहरुको सहभागिता आवश्यक भएको धारणा राखे ।

उनले भने, ‘टेनिसलाई पपुलर बनाउन क्लब प्लेयरहरुको इन्भल्वमेन्ट एकदमै आवश्यक छ ।’पाँच दिन चल्ने प्रतियोगितामा अन्डर ३५, ४५,५५ र ६५ वर्षका चार उमेर समूहका खेलाडीले सहभागिता जनाउने छन् ।

अन्डर ३५ वर्ष उमेर समूहमा प्रथम हुने एकल विजेताले २५ हजार,दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार परस्कार पाउने छन् ।

अन्डर ४५ वर्ष उमेर समूहतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार, अन्डर ५५ वर्ष उमेर समुहमा पनि प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पाउने छन् । उल्लेखित पुरस्कार एकल टेनिसतर्फ हो ।

यस्तै, ३५ वर्ष उमेर समूहमा दुई जना खेलाडीतर्फ भने प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० र तेस्रोलाई १० हजार रुपैयाँको पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।