🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सुष्मा लामा हत्या आरोपमा २१ वर्षे रूपेन्द्र लामा पक्राउ

काठमाडौं । प्रहरीले मृत अवस्थामा फेला परेकी सुष्मा लामाको हत्याको आरोपमा एक युवकलाई पक्राउ गरेका छ ।  


आइतबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी २८ वर्षीया सुष्मा लामाको हत्याको आरोपमा तारेभीर बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई प्रहरीले सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार सुष्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएकी र सम्पर्कबिहीन भएकी थिइन् ।

उनी हराएको भन्दै खोजी गरिदिन परिवारले बौद्ध प्रहरीमा उजुरी दिएका थिए र  फागुन २५ गते प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा लामाको शव फेला पारेको थियो ।

प्रहरी अनुसन्धानबाट खुल्न आएका कुराहरू

१.    रुपेन्द्र लामाले मृतक सुष्मा लामालाई बिगत ८ महिनादेखी मन पराउदै आएको ।

२.    निजहरु दुबैजना घाँस काट्न, बाख्रा चराउन जंगलमा बिगत १/२ बर्षदेखी संगै जाने आउने गरेको ।

३.    निजहरु बिच फोन सम्पर्क तथा कुनै पनि सामाजिक सञ्जालमा कुराकानी नहुने गरेको, भेटको बेला मात्र कुराकानी हुने गरेको ।

४.    रुपेन्द्रले सुष्मालाई एकतर्फी माया गर्ने गरेको र पटक पटक प्रेम प्रस्ताव समेत राखेको तर सुष्माले अस्विकार गरेको ।

५.    निजले मृतकलाई ८ दिन सम्म बाटोमा ढुकेर बसेको भन्ने बुझिन आएको ।

६.    ४ दिनदेखी खाल्डो खन्न प्रयोग भएको फलामको कुटो समेत साथमा लिई हिडेको ।

७.    निजले हत्या पछी पुरेको स्थान पहिले नै रेकी (Reece) गरेको पाईएको ।

८.    घटनाको दिन निज मृतक एक्लै कलेज गईरहेको देखी निजलाई बाटो छेकी प्रेम प्रस्ताव राखेकोमा मृतकले ईन्कार गरेकोले पछाडीबाट घांटी थिची अचेत बनाई पहिले नै Reece गरेको स्थानमा लगी टाई र जुत्ताको तुनाले घांटीमा कसेको र हातलाई निजकै कम्मर पेटीले बांधी कुटोले खाल्डो खनी पुरेको ।

९.    मृतकको मोबाईल र किताब/कापि आफैंले लिई गएको ।

१०.    मिति २०८०-१०-२३ गते Google बाट अर्कैको बेहुला/बेहुलिको फोटो डाउनलोड गरी त्यसलाई edit गरि मृतकको Facebook मा  ‘Sorry sabailai moh 3 din paxi aauxu’ लेखी पोष्ट गरेको र facebook deactivate गरेको ।

११.    मिति २०८०-१०-२५ गते मृतकका आफन्तहरु खोजतलासको लागि प्रहरीकोमा निबेदन दिन गएको कुरा मृतककै आमाले रुपेन्द्रको घरमा गई कुरा गर्दा थाहा पाए पश्चात मिति २०८०-१०-२६ गते निजले मृतकको दिदिको फोन नम्बरमा text sms गरी ‘kina k ko police report gareko mo 3 dinma auxu vanda vandai kasto manxey haru raix aba auxu van thanira hola aba molai bacha pani vai sakyo hola hamilai jailma halera k pauxa abata taada gayar basne ho kaisai lai k ko pani chinta lenu pardaina hamro’ भनेको ।

१२.    निज रुपेन्द्र लामाले उक्त SMS गरे पश्चात अन्य फोन कल तथा SMS नगरेको, केही समय पछी मोबाईल समेत off  गरी राखेको  थियाे ।