🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

विराट गोल्डकप फुटबल चैत १५ देखि

विराटनगर । पूर्वको प्रतिष्ठित मध्येको विराट गोल्डकपको आठौँ संस्करण आगामी चैत १५ गतेदेखि सञ्चालन हुने भएको छ । प्रतियोगिता विराटनगरस्थित शहीद रंगशालामा १० दिनसम्म प्रतियोगिता हुने ट्रष्टका अध्यक्ष किशोर शाहीले बताए ।

फ्लड लाइटको प्रयोग गरी रात्रिकालीन हुने प्रतियोगितामा सहभागी हुने टिमको छनोट प्रक्रिया जारी रहेको जनाइएको छ । प्रतियोगितामा १० वटा क्लबको सहभागिता हुने सम्भावना रहेको जनाइएको छ ।

तीनवटा विभागीय टिमहरु त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ), 'ए' डिभिजनका क्लबहरु साथै भारत र भुटानको टोली सहभागी हुने सम्भावना छ । प्रतियोगिताको उपाधि विजेताले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको ‘महेन्द्र गोल्डकप’ २०६२-०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । 

प्रतियोगिताको गत वर्षको संस्करणमा विराटनगर फुटबल क्लब विजेता बनेको थियो । भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो ।