🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

कमरेड ! यो खुराफात हो कि राजनीति ?

राजनीति भनेको षडयन्त्र हो भन्ने धेरैको भनाई र बुझाई छ । कसैले खुराफाती काम ग¥यो भने ‘राजनीति’ गरेको भनिन्छ । राजनीतिको अर्काे नाम नै षडयन्त्र बनेको छ । राजनीति भनेको षडयन्त्र नै हो त ? होइन । राजनीति भनेको इमानको कर्म हो । राजनीति भनेको मानिसको मन जित्ने कला हो, जनताको सेवा गर्ने माध्यम हो । तर, नेपालमा अतीतदेखि नै राजनीतिलाई षडयन्त्र र षडयन्त्रलाई राजनीति बनाइँदै आएको छ । त्यसैले सर्वसाधारणले राजनीति र षडयन्त्रलाई एकैरुपमा बुझेको हुनुपर्छ । 

राजनीति भनेको षडयन्त्र होइन तर राजनीतिमा षडयन्त्र भइरहन्छ । नेपाली राजनीतिमा षडयन्त्रका अनेकौं विद्रुप नमूना देखिएकै हुन् । अहिले पनि देखिँदैछ । पछिल्लो समय रामवीर मानन्धरले सांसद पदबाट दिएको राजीनामा र वामदेव गौतमले उपचुनाव उठ्न गरेको प्रयासलाई षडयन्त्रकै रुपमा बुझियो । रामवीरको राजीनामामा पद त्याग्ने मन थिएन, बरु षडयन्त्र देखियो । सांसद पदमा बस्न मन नलागे खुरुक्क राजीनामा दिए हुन्थ्यो, तर, रामवीरले त्यसरी राजीनामा नदिएर मेरो पद फलानालाई दिन्छु भने । फलाना अर्थात् वामदेव गौतम । रामवीरले जननिर्वाचित पद वामदेवलाई दिने जुन प्रयास गरे, लज्जाजनक थियो ।

वामदेव रामवीर प्रकरणको अनेकौं कोणबाट समीक्षा भइरहेको छ । वामदेव रामवीर काण्ड असफल षडयन्त्र सावित भएको छ । षडयन्त्र सफल भयो भने षडयन्त्रका पात्रहरू ना¨िँदैनन् । जब षडयन्त्र असफल हुन्छ तब षडयन्त्रका कर्ताधर्ताहरू खलनायकतुल्य बन्छन् । अहिले यस्तै अवस्था देखिएको छ । र, वामदेव रामवीर काण्डका मुख्य पात्र वामदेव र रामवीर भइहाले, तेस्रो पात्र भने प्रचण्ड हुन् । यो काण्डका सूत्रधार, निर्देशक, निर्माता जे भने पनि प्रचण्ड नै हुन् भन्ने प्रष्ट भइसकेको छ । 

प्रचण्ड ट्याक्टिसमा खप्पीस छन् । युद्धको पृष्ठभूमिबाट आएका हुनाले ट्याक्टिसमा प्रचण्ड खप्पीस हुनु स्वाभाविक पनि हो । युद्धमा अनेक जालझेल र ट्याक्टिस प्रयोग गर्नुपर्ने हुन्छ । त्यसो नगरी युद्धलाई अगाडि बढाउन, आफ्नो रक्षा गर्न र विजयी हुन सम्भव हुँदैन । समकालीन नेपाली नेताहरूमा सबैभन्दा तिकडम जान्ने नेता प्रचण्ड नै हुन् भनेर स्वीकार गर्नैपर्ने हुन्छ ।

प्रचण्डको तिकडम र ट्याक्टिस थिएन भने नेपालमा यति सजिलै गणतन्त्र आउने थिएन, मुलुक यो अवस्थासम्म आउने थिएन । प्रचण्डको बठ्याँईं, तिकडम र ट्याक्टिसले नै हो माओवादी जनयुद्धले शान्तिपूर्ण अवतरण गरेको । युद्ध सुरु गर्नुभन्दा अन्त्य गर्न कठिन हुन्छ ।

खुला राजनीतिमा भने तिकडम र ट्याक्टिस खासै काम लाग्दैन । खुला राजनीतिमा थोरै कुरा गोप्य हुन्छ, धेरै कुरा खुल्ला हुन्छ । युद्धकालमा धोका दिन सकिन्छ तर खुला राजनीतिमा धोका दिनु अगाडि हजार पटक सोंच्नुपर्ने हुन्छ । युद्धमा पछाडिबाट प्रहार गरिन्छ तर खुला राजनीतिमा अगाडिबाटै प्रहार गरिन्छ । खुला राजनीतिमा पछाडिबाट प्रहार गरिन्छ भने त्यसलाई षडयन्त्र भनिन्छ । खुला राजनीतिमा षडयन्त्र वर्जित हुन्छ । प्रचण्डले राजनीति नै गरेका हुनसक्छन् तर देखियो चाहिँ षडयन्त्र र खुराफात जस्तो ।

वामदेव रामवीर प्रकरणलाई एकपक्षीय ढंगबाट मात्र हेरिन हुन्न । वामदेवले निर्वाचित सांसद बन्न चाहेका थिए, यो कुरा कसैबाट छिपेको थिएन । रामवीरको राजीनामा जसरी गराइन खोजियो र उनको ठाउँमा वामदेवलाई उठाउन जसरी प्रयास गरियो त्यो काम भने गोप्य ढंगबाट गर्न खोजियो । जबकि गोप्य ढंगबाट गरिनुपर्ने काम नै थिएन । राम्रै मनसायले गर्न खोजियो भने पनि गुप्त ढंगबाट गर्न खोजिएको कामको अनर्थ लाग्छ ।

वामदेवको योग्यता, क्षमता र योगदानमा कसैले प्रश्न उठाउन सक्दैन । उनी संसदमा पुग्नैपर्ने खालका नेता थिए तर चुनावमा पराजित भए । उपचुनाव लडेर भए पनि संसदमा पुग्ने आफ्नो चाहना कार्यान्वयनमा उनले रामवीरलाई प्रयोग गरे । र, यो काममा प्रचण्डको पनि सहयोग लिए । यो सबै प्रकरणमा नेकपाका महासचिवलगायत अन्य नेताहरू भने बेखबर रहे । यसैका कारण शंका उत्पन्न भयो, शंकाले नेकपाभित्र लंका खाइरहेको देखिँदैछ । 

यहाँनेर यो पनि बिर्सन हुँदैन कि नेकपा दुई नदीको संगम हो । एउटा हो माओवादी, अर्काे हो एमाले । माओवादी र एमालेको फरकफरक राजनीतिक शैली थियो । माओवादीमा धेरै गुट बाँकी थिएन, प्रचण्ड नै सर्वेसर्वा थिए । एमालेमा गुटहरू थिए । एमालेमा गुटहरूको द्वन्द्व थियो । एमालेका गुटहरूको द्वन्द्वमा केही सीमारेखाहरू थिए । गुटहरू पार्टीभन्दा माथि थिएनन्, गुटहरूले पार्टी सिध्याउन खोज्दैनथे, गुटहरूले एउटाले अर्काेलाई निषेध गर्दैनथे ।

जति नै अन्र्तद्वन्द्व भए पनि गुटहरूबीच मर्यादाको खास लक्ष्मणरेखा थियो । गुटहरू बीचमा प्रतिस्पर्धा थियो सत्रुता थिएन । कुनै ईश्यूमा कुरा मिलेन र विवाद भयो भने सबै इश्यूमा विवाद गर्नुपर्छ भन्ने मान्यता एमालेमा देखिँदैनथ्यो । राजनीतिक पार्टी निर्जीव चिज होइन, जीवन्त संगठन हो । जीवन्त संगठनमा विवाद र मतमतान्तर स्वाभाविक हो । एमालेभित्र निरन्तर विवाद र मतमतान्तर चलेका थिए तर असहमत पक्षलाई सिध्याउन षडयन्त्र नै गर्ने परिपाटी खासै थिएन । 

वामदेव रामवीर प्रकरण कार्यशैलीको पृथकताले जन्माएको विवाद पनि हो । प्रचण्डले यो प्रकरणलाई हठातरुपमा तिलस्मी ढंगले अगाडि बढाए । यो कारण पनि शंका जन्मिएको देखिन्छ । प्रचण्ड भारत र चीन जानु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको आफ्नो भेटलाई अस्वाभाविकरुपमा वर्णन गर्नुलाई पनि पृष्ठभूमिका रुपमा लिन सकिन्छ । भारतले नेपाली राजनीतिमा पहिले जसरी नै खेल्ने प्वाल खोजेर बसिरहेको छ भन्ने तथ्यलाई इन्कार गर्न सकिन्न ।

यही पृष्ठभूमिमा प्रचण्डले नेकपाका एकथरी नेताविरुद्ध अर्काथरी नेतालाई उतार्न खोजेको देखियो । प्रचण्डको नियत त्यो नहुन पनि सक्ला तर देखियो चाहिँ त्यस्तै । प्रचण्डको जे पनि गोप्यरुपमा गर्ने, आकस्मिकरुपमा आफ्ना कुरा राख्ने, तिकडम शैली अपनाउने कार्यशैलीका कारण पनि समस्या आएको हुनसक्छ । कारण जे होस्, नेकपाभित्र असहज परिस्थिति देखियो र त्यो परिस्थिति वामदेवले चुनाव लड्दिन भनेबाट अन्त्य भएको छ । 

 असहज परिस्थिति अन्त्य भएकै हो त ? अन्त्य हो कि सुरुआत भएको हो ? यी प्रश्नको जवाफ चाहिँ आगामी दिनले मात्र दिनेछ ।