🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

इङ्ल्याण्डमाथि भारत ४३४ रनले विजयी

काठमाडौँ । भारतले इङ्ल्याण्डलाई ४३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जारी टेस्ट सिरिजको तेस्रो टेस्टमा भारतले दिएको ५५७ रनको लक्ष्य पछाएको इङल्याण्ड १२२ रन बनाएर अलआउट भएपछि भारत ४३४ रनले विजयी भएको हो ।

दोस्रो इनिंगमा इङल्याण्डको ब्याटिंग ध्वस्त गर्नेक्रममा रविन्द्र जडेजाले ५ विकेट लिएका थिए भने कुलदिप यादवले २ विकेट लिएका थिए ।

भारतले यस टेस्टको पहिलो इनिंगमा ४४५ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा ३१९ रन बनाएको थियो । पहिलो इनिंगमा १२६ रनको अग्रता बनाएको भारतले दोस्रो इनिंगमा ४३० रन बनाएर इनिंग घोषणा गर्दै इङल्याण्डले ५५७ रनको लक्ष्य पाएको थियो ।

यस टेस्टमा भारतका यशस्वी जैसवालले दोस्रो इनिंगमा २१४ रन बनाएका थिए । योसँगै ५ खेलको टेस्ट सिरिज २-१ ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल फेब्रुअरी २३ देखि राँचीमा हुने छ ।