🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सालार निर्माताको सरप्राइजः राष्ट्रिय सिनेमा चेनमा टिकटको मूल्य घटाइयो

मुम्बई । प्रभास स्टारर ‘सलारःपार्ट१ सिजफायर’ ले ठूलो पर्दामा हिटसँगै बक्स अफिसमा आफ्नो दबदबा कायम राखिरहेको छ। 

चलचित्रले दर्शकको अत्याधिक माया पाइरहेको छ र केजीएफ निर्देशक प्रशान्त नीलले निर्देशन गरेको यो भव्य एक्सन चलचित्रलाई ठूलो पर्दामा हेर्नको लागि ठूलो संख्यामा दर्शक हलमा आएका छ्न् । यसको मतलब यो फिल्मले बक्स अफिसमा पनि धमाका गरिरहेको छ र हिन्दी भाषामा पाँचौं दिनमा १०.२५ करोड कमाएको यो फिल्मको पाँच दिनमा कुल कमाई ९०.०६ करोड पुगेको छ ।

यस्तो अवस्थामा चलचित्र हेर्ने जनताको उत्साहलाई कायम राख्न होम्बल फिल्म्सले दर्शकलाई विशेष सरप्राइज दिने निर्णय गर्दै भारतका प्रमुख राष्ट्रिय सिनेमा चेनहरूमा टिकटको दर घटाएको छ । 

टिकटको मूल्य घटाउनुको उद्देश्य सिनेमा हलहरूमा बढीभन्दा बढी दर्शक ल्याउनु हो। फिल्मले बक्स अफिसमा पहिले नै हिन्दी क्षेत्रहरूमा उत्कृष्ट प्रदर्शनको साथ राज गरिसकेको छ र कम टिकट मूल्यको साथ फिल्मले आगामी दिनहरूमा थप दर्शकहरू जम्मा गर्ने अपेक्षा गरिएको छ।

यसबाट चलचित्रलाई फाइदा हुनेछ र आगामी दिनमा चलचित्रको ग्राफ पनि उकालो लाग्नेछ । सालारलाई फिल्म निर्माता प्रशान्त नीलले निर्देशन गरेका हुन् र यसमा प्रभास, श्रुती हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबुले अभिनय गरेका छन्। चलचित्रलाई विजय किरागन्दुरले निर्माण गरेका हुन् । यो चलचित्र अहिले सिनेमा हलमा लागिरहेको छ ।