🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

अभिनेता नीर शाह पनि राष्ट्रिय सभामा आकांक्षी

काठमाडौँ  । आगामी माघ २१ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको चुनावका लागि अभिनेता नीर शाह पनि आकांक्षी रहने भएका छन् । उनले बुधबार नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहने गरी नाम दर्ता गराएका हुन् । राष्ट्रिय सभा सदस्यको उम्मेदवारको लागि नाम दर्ता गराउने बुधबार अन्तिम दिन थियो ।

अघिल्लै कार्यकालका लागि नीर शाह सिफारिस हुने चर्चा थियो । तर शेरबहादुर देउवाको फाइनल लिस्टमा नपरेपछि उनी राष्ट्रिय सभा सदस्य बन्ने चर्चा चर्चामै मात्र सीमित रहेको थियो । 

राज परिवारसँग निकट मानिएका शाहले गणतन्त्रको स्थापनापछि नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका छन् । गत वर्षको प्रदेश सभाको चुनावमा पनि उनी उम्मेदवार बन्ने चर्चा थियो । तर त्यसबेला पनि उनले टिकट नपाएको चर्चा चलेको थियो ।

‘परिवर्तन’ चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेका शाह नेपाली चलचित्र उद्योगको पहिलो पुस्ताका सक्रिय चलचित्रकर्मी मानिन्छन् ।  ‘वासुदेव’ ‘बसन्ती’ जस्ता चलचित्र निर्देशन गरेका शाह पछिल्लो समय भने अभिनयमा मात्र केन्द्रित छन् ।