🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

साना सञ्चारमाध्यमको उचित सम्बोधनको माग

काठमाडौँ, १८ भदौ : प्रेस काउन्सिल नेपालमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ, भक्तपुर र ललितपुर शाखाले पत्रपत्रिका वर्गीकरणको पुनरावलोकनमा साना सञ्चारमाध्यमको उचित सम्बोधनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । 

काठमाडाँै शाखाका अध्यक्ष सन्तराम विडारीको नेतृत्वमा गएको महासङ्घको टोलीले आज काउन्सिलका सदस्य गोपाल बुढाथोकीलाई ज्ञापनपत्र बुझाउँदै उचित पुनरावलोकनको माग गरेका छन्  । ज्ञापनपत्रमा साना सञ्चारमाध्यम र थोरै जनशक्ति हुनुको बाध्यताले सञ्चारमाध्यममा प्रकाशन भएका केही सामग्रीमा देखिएको स–सानो त्रुटिलाई आधार बनाएर केहीलाई ‘हुबहु’ र केहीको ग्रेड घटुवा गरिएकामा समयसीमाभित्र निवेदन प्राप्त भएका सञ्चारमाध्यमको उचित पुनरावलोकन हुनुपर्ने माग गरेका  छन्

 । 

काउन्सिलद्वारा हालै सार्वजनिक गरिएको आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ को पत्रपत्रिका वर्गीकरणको नतिजा प्रकाशनपछि नेपाल पत्रकार महासङ्घको मेरुदण्डका रुपमा रहेको मुलुकको सबैभन्दा ठूला शाखाहरु क्रमशः काठमाडौँ, ललितपुर र भक्तपुरमा धेरै गुनासा रहेको उल्लेख गर्दै ती गुनासोलाई सम्बोधन गर्नुपर्ने ज्ञापनपत्रमा भनिएको छ । 

पछिल्लो समय व्यावसायिक मिडियाको बढोत्तरी भए पनि विगत लामो समयदेखि साना लगानीका सञ्चारमाध्यम र साप्ताहिक पत्रिकाले लोकतन्त्र, गणतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक परिवर्तनका पक्षमा पु¥याएको योगदान कदापि भुल्न नसकिने बताइएको छ । विडारीसहित महासङ्घका भक्तपुर शाखा अध्यक्ष पुष्कर बुढाथोकी र ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेलसमेत गएका  थिए  । 
––– 
–––