🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

मन्त्रिपरिषद्कोे निर्णय ः इजरायलमा रहेका नागरिक लिन परराष्ट्रमन्त्री साउदलाई पठाइने  

काठमाडौं । इजरायल द्वन्द्वमा फसेका नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् । 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आज राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई लिन पठाउने निर्णय गरेको कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । 

कानुनमन्त्री धनराज गुरुङले निणर्य सुनाउँदै भने, ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्री इजरायल जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको छ ।’

आज राति इजरायलमा रहेका नेपाली नागरिकको उद्धारका लागि २५० सिट क्षमताको वाइड बडी जहाज उनीहरुलाई लिन जान लागेको छ । सरकारले इजरायलमा रहेका कोही व्यवसायिक रुपमा जहाज चढेर आउन चाहे टिकट भाडा पनि सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ । 

प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कविहीन छन् ।