🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछः उदय शम्शेर

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले काङ्ग्रेसले आफ्नो कार्यशैली र कार्यनीति सच्याएर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले पछिल्लो समय पुराना राजनीतिक दलहरुप्रति युवाहरुमा मोह घटेको  उल्लेख गर्दै युवालाई केन्द्रमा राखेर काङ्ग्रेसले आफ्नो नीति तथा कार्यक्रम बनाउनुपर्ने  बताए । 

शनिबार सिन्धुली काङ्ग्रेसको दुधौली नगरपालिकाको नगर सम्मेलनको उद्घाटन कार्यक्रममा उनले भने, ‘काङ्ग्रेसको आफ्नो कार्यशैली र सोच बदल्ने बेला आएको छ । युवाहरूलाई पार्टी संगठनमा जोड्ने र उनिहरूमा आशा जगाउने कार्यक्रमहरू ल्याउनुपर्छ ।’

उनले पछिल्लो समय काङ्ग्रेस सकियो भनेर अपवाह फैलाउन खोजिएको बताए । नयाँ राजनीतिक दलहरूको उदयले परम्परागत दलहरूको भविष्यलाई लिएर टिकाटिप्पणी हुने गरेक‍ो उल्लेख गर्दै उनले कांग्रेसभित्र निराशा देखिए पनि आत्तिने अवस्था नरहेको प्रष्ट पारे । ‘२०६४ सालको चुनावपछि पनि काङ्ग्रेस सकियो भन्थे तर हामी २०७० मा हामी फर्कियौ । अहिले फेरि त्यहीँ भाष्य निर्माण गर्न खोजिदैछ। तर आत्तिनुपर्ने बेला छैन । हामी संयमीत भएर आफ्नो कार्यशैली सच्याएर अगाडि बढ्यौ भने अर्को चुनाव बहुमत ल्याउन सक्छौं । हामी निरास होइन, सङ्गठित भएर गाउँ गाउँमा कृयाशील हुनुपर्छ ।’ 

पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता राणाले  लोकप्रिय कुरा गरेर चर्चामा आउने तर काम नगर्ने प्रवृत्तिको अन्त्य गरेर कांग्रेस सरकार सञ्चालनको स्पष्ट दृष्टिकोण अगाडि आउने सके आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने दावी गरे ।

‘यो भएन, त्यो भएन भनेर मात्रै हुदैन । अब हामी विकल्प दिएर अगाडी बढ्ने हो। काङ्ग्रेस एक्लै चुनावमा जाने सामर्थ्य राख्छ। त्यसका लागि हामी सुध्रिन र सच्चिन जरुरी छ,’  उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली अनुसार कुनै पनि पार्टीले एकल बहुमत ल्याउदैन । त्यसैले यसमा पुनर्विचार गर्नुपर्छ। समानुपातिक व्यवस्थालाई व्यवस्थित गर्नुपर्छ ।’