🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

हजार करोड बढी कमाएको जवानले भारतमा गत साता कति कमायो ?

मुम्बइ, १३ असोज । बक्स अफिसमा शाहरुख खानको दबदबा कायमै छ । फिल्म रिलिज भएको २३ दिन भैसकेको छ र छिट्टै ६०० करोड क्लबमा सामेल हुन लागेको छ ।

जवानले पहिलो र दोस्रो हप्तामा बम्पर कमाई गरेको छ, जसका कारण यो छिट्टै ५०० करोड क्लबमा सामेल भएको थियो तर तेस्रो हप्तादेखि जवानको कमाईमा केही कमी आएको छ ।

यद्यपि, यो सप्ताहन्तमा जवान ६०० करोडको क्लबमा सामेल हुने अपेक्षा गरिएको छ। चलचित्रको २३ औं दिनको कलेक्शन सार्वजनिक भएको छ । शाहरुखका जवानले कति कमायो त ?

जवानले विश्वभर १ हजार करोड रुपैयाँ कमाएको छ । शाहरुख खानलाई विश्वभर निकै रुचाइएको छ । विशेष कुरा के छ भने शाहरुख जवानमा डबल रोलमा देखिएका छन् । यति मात्र होइन, फिल्ममा शाहरुख ५ फरक अवतारमा देखिएका छन्, जसका कारण उनलाई बढी रुचाइएको छ ।

यो हप्ताको सुरुदेखि नै शाहरुख खानको जवानको सुई एक ठाउँमा अड्किएको छ । जवानले दैनिक करिब ५ करोड रुपैयाँ संकलन गरिरहेका छन् । फिल्मले असाेज ८ गते सोमबार ५.४ करोड, मंगलबार ४.९ करोड, असाेज १० गते बुधबार ४.८५ करोड, असाेज ११ गते बिहीबार ५.९७ करोड र असाेज  १२ गते शुक्रबार ५.२५ करोड कलेक्सन गरेको सकनिल्कको रिपोर्टमा उल्लेख छ । जस पछि कुल संकलन ५८७.१५ करोड भएको छ । फिल्मको कलेक्सन ५ करोडभन्दा माथि जान सकेको छैन ।

निर्देशक एटलीले जवानबाट बलिउडमा डेब्यू गरेका हुन् । उनले जवानमा साउथको मसाला ल्याए, त्यसपछि यो फिल्म ब्लकबस्टर भयो । एट्लीको कामको सबैले प्रशंसा गरिरहेका छन् । यसका साथै दक्षिणमा पनि जवानले धेरै माया पाएको छ ।