🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताउनुभएको छ ।

    सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको उद्घाटन गर्दै उहाँले सूचनाको हकको संरक्षणका लागि संविधानमा मौलिक हकका रुपमा राखिएको विषयलाई नियन्त्रण गरेर अपारदर्शीरुपमा शासन पद्धति सञ्चालनको ध्येय राखिएमा त्यो सफल नहुने बताउनुभयो ।  

    “सूचनाको हक लोकतन्त्रको अभिन्न अङ्ग हो । यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार, नागरिक समाज र सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । यसलाई नियन्त्रण गर्ने सोच सफल हुन सक्दैछ”, सभामुख घिमिरेले भन्नुभयो, “गोप्य राख्नुपर्नेबाहेकका सूचना राज्यका सम्बन्धित निकायबाट प्रवाह हुनुपर्छ । यसको दुरुपयोग हुनबाट पनि जोगिनुपर्छ ।”

    संविधानले परिकल्पना गरेको सूचनामा आधारित जनताको सहभागितामूलक पारदर्शी शासन पद्धतिबाट जनतालाई सेवासुविधा दिन आग्रह गर्दै उहाँले सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा महासङ्घको विशेष भूमिकाको अपेक्षा पनि गर्नुभयो ।

    कार्यक्रममा सूचनाको हकमा आमनागरिकको पहुँच वृद्धिका सवालमा नागरिक क्षेत्रका संस्थाका प्रमुख र विज्ञबीच छलफल जारी छ ।