अर्घाखाँची, ८ असोज। सन्धिखर्क नगरपालिका–८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री पक्की सडकखण्डमा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहान करिब ९ः१५ बजे लु ५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब १३० फिट तल खसेको हो। दुर्घटनामा सन्धिखर्क नगरपालिका–८ काउली चौपारी, पकलेका अन्दाजी ३५–३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुलेको छैन। घटनास्थलमा घटनास्थल अनुसन्धान टोली (सोको) सहित प्रहरी खटिएको छ। ट्याक्टर घटनास्थलमै रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




