🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

धनुषामा घरभित्र लुकाइएका १८ लाखभन्दा बढीका अवैध सामान सशस्त्र प्रहरीद्वारा बरामद

धनुषा, ५ असोज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित एक घरबाट रु. १८ लाखभन्दा बढी मूल्यका अवैध चोरी पैठारीका सामान बरामद गरिएको छ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वार्टर धनुषा मातहतका सुरक्षा बेस तथा नेपाल प्रहरीको संयुक्त टोलीले सिन्धुली टोलस्थित घरमा खानतलासी गरेको थियो। त्यसक्रममा भन्सार छली गरी अवैध रूपमा भित्र्याएर लुकाइराखिएका विभिन्न सामान फेला परेका हुन्।

सुरक्षा टोलीले घरबाट इलेक्ट्रिक सामान, पम्पकिन सिड, किराना सामग्री तथा सरकारले प्रतिबन्ध लगाएका विभिन्न प्रकारका पटाकासहित रु. १८ लाख १६ हजार १२० बराबरका सामान बरामद गरेको जनाएको छ।

बरामद सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। ती सामान कसले, कहाँबाट र कुन प्रयोजनका लागि ल्याएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ।

चाडपर्व नजिकिएसँगै सीमा क्षेत्रमा हुने चोरी पैठारी तथा प्रतिबन्धित पटाकाको अवैध ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी र जाँचलाई तीव्र बनाएका छन्। विशेषगरी खुला सीमाको फाइदा उठाउँदै राजस्व छली गरी सामान भित्र्याउने गतिविधि रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त कारबाही सञ्चालन गर्दै आएका छन्।

अवैध सामान लुकाउन प्रयोग गरिएको घरका धनी वा कारोबारमा संलग्न व्यक्तिबारे भने सुरक्षा निकायले विस्तृत विवरण सार्वजनिक गरेको छैन। अनुसन्धानपछि संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *