🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बेनी अस्पतालमा विशेषज्ञ जनरल सर्जरी सेवा विस्तार, विभिन्न रोगको शल्यक्रिया हुने

म्याग्दी, ४ असोज : वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको छ ।

‘एमबिबिएस, एमएस’ (जनरल सर्जरी) चिकित्सक डा. अडिना बाटाजूबाट विशेषज्ञ जनरल सर्जरी सेवा उपलब्ध गराउन थालिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार अस्पतालमा सेवा विस्तारसँगै विभिन्न रोगको शल्यक्रिया व्यवस्था मिलाइएको हो ।

गाँठागुँठी, लिपोमा तथा सिस्टको शल्यक्रिया, हर्निया तथा हाइड्रोसिल, एपेन्डिसाइटिस तथा एपेन्डिक्सको शल्यक्रिया, पायल्स, फिसर तथा फिस्टुलालगायत रोगको उपचार तथा शल्यक्रिया गरिने भएको छ । घाउ तथा चोटपटकको उपचार तथा शल्यक्रिया, छाला तथा नरम तन्तुसम्बन्धी शल्यक्रिया र आकस्मिक तथा आवश्यक अन्य जनरल सर्जरी सेवा पनि उपलब्ध हुने अस्पतालले जनाएको छ ।

डा. बास्तोलाले अस्पतालमा उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै विशेषज्ञ सेवा विस्तारलाई प्राथमिकता दिइएको बताउनुभयो ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *