🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प, सास्ती खेप्दै नगरवासी !

जनकपुरधाम, १ असोज । जनप्रतिनिधि र कर्मचारीमाथि हातपात तथा कार्यालयमा तोडफोड भएको भन्दै महोत्तरीको औरही नगरपालिकाले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

२०८३ भदाै ३१ गते बुधबार बिहान करिब ११ः३० बजे केही व्यक्तिहरू नगर प्रमुख प्रदीपकुमार खड्काको कार्यकक्षमा प्रवेश गरी हुलहुज्जत गर्दै हातपात तथा कार्यालय परिसरमा तोडफोड गरेको कारण पालिकाको सम्पूर्ण सेवा ठप्प गरिएको नगरपालिकाले जनाएको छ । घटनामा अन्य जनप्रतिनिधि तथा कर्मचारीमाथि समेत हातपात र अभद्र व्यवहार भएको नगरपालिकाको दाबी छ ।

घटना पश्चात नगरपालिकाका कर्मचारीहरूले एक प्रेस विज्ञप्ति जारी गरी गुनासो तथा असमझदारी भए संवादमा मार्फत सुल्झाउनुपर्नेमा त्यसो नगरी हातपात तथा तोडफोड गर्नुले विधिको शासन र कानुनी प्रक्रियाको उपहास रहेकाले यस्ता अमर्यादित कार्य रोक्न माग अघि सारेका छ्न् ।

तोडफोडका कारण सार्वजनिक सम्पत्तिमा क्षति पुगेको तथा जनप्रतिनिधि र कर्मचारीको सुरक्षामा समेत प्रश्न उठेको भन्दै नगरपालिकाले घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । यस्ता घटनाले सेवामा खटिने कर्मचारीको मनोबलमा समेत असर परेको विज्ञप्तिमा भनिएको छ ।

नगरपालिकाले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न र तोडफोडबाट भएको सार्वजनिक सम्पत्तिको क्षति सम्बन्धित पक्षबाट भराउन सम्बन्धित निकायसँग माग गरेको छ ।

यसका साथै, कर्मचारी तथा जनप्रतिनिधिको पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म औरही नगरपालिका तथा मातहतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको नगरपालिकाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

घटनाबारे जिल्ला प्रशासन कार्यालय महोत्तरी, गृह मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत कर्मचारीले जानकारी गराइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *