🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार, सुर्खेत लगियो

काठमाडौँ, १२ भदौ : रूकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३२ वर्षीया मन्दया कामीलाई प्रसूतिका क्रममा जटिलता देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ ।

सो स्थानका हिमाल कामीकी श्रीमती मन्दयाले मैकोट स्वास्थ्यचौकीमा प्रसूति गराउने क्रममा मृत बच्चा जन्मिएपछि सालनाल अड्किएर मन्दयाको अवस्था जटिल बनेपछि सरकारले उद्धार गरेको हो ।

गाउँपालिकाको सिफारिसका आधारमा सम्बन्धित निकायको समन्वयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई अनुरोध गरिएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट मन्दयालाई निःशुल्क उद्धार गरी कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेत लगिएको मन्त्रालयले जनाएको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *