🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बारामा दुई वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी

रौतहट । बाराको कलैया उपमहानगरपालिका–१ स्थित कट्टी पर्सा टोलबाट २ वर्षीया बालिका बेपत्ता भएकी छन् । स्थानीय मुकेश मण्डलकी अन्दाजी २ वर्षीया छोरी बिन्दी मण्डल मिति २०८३ भदौ ६ गते शनिबार साँझ ५ बजेदेखि बेपत्ता भएकी हुन् । बालिका हराए लगत्तै परिवार र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय बारालाई खबर गरिएको थियो ।

घटनाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवर सहितको सुरक्षा निकायको टोली कार्यक्षेत्रमा खटिएको छ । बालिका हराएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी प्रमुख एसपी कुँवर आफैँ टोली लिएर घटनास्थल पुगेका छन् ।

खोजी कार्यलाई थप प्रभावकारी र प्राविधिक रूपमा सुदृढ बनाउन नेपाल प्रहरीको विशेष टोली र तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ । प्रहरी टोलीले कट्टी पर्सा टोल, यसका वरपरका क्षेत्र, सम्भावित गल्लीहरू र झाडीहरूमा सघन रूपमा खानतलासी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *