🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—
पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली मिति २०८३ साउन ३० गते शनिबार इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा सुरु भएको पार्टीको जनसङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रामकुमार लिम्बू/रासस

ओलीको प्रतिबद्धता– ‘आदिवासी जनजातिको अधिकार र पहिचान संरक्षणमा एमाले दृढ’

इलाम, ३० साउन : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारको सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कलमा आजदेखि सुरु भएको पार्टीको जनसङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

“आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि एमाले सधैँ प्रतिबद्ध छ”, ओलीले भन्नुभयो, “सबैको सहअस्तित्वलाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउनुपर्छ ।”

एमालेले विगतदेखि समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको वकालत गर्दै आएको दाबी गर्दै अध्यक्ष ओलीले विभिन्न जातजातिका नाममा विभाजन र द्वन्द्व सिर्जना गर्नेभन्दा सबै समुदायलाई सहअस्तित्वका आधारमा अधिकार र अवसर प्रदान गर्दै राष्ट्रिय हितमा लाग्नुपर्ने बताउनुभयो ।

बैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको साङ्गठनिक अवस्था, आगामी कार्ययोजना, आदिवासी जनजातिको सवाल एवं समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।—

Leave a Reply

Your email address will not be published. Required fields are marked *