अर्घाखाँची । मालारानी गाउँपालिका-६ साकिन्धारामा भरुवा बन्दुक अचानक पड्किँदा एक युवक घाइते भएका छन्।
घाइते हुनेमा स्थानीय ३० वर्षीय विष्णु थापा रहेका छन्। २०८३ साउन १२ गते मंगलबार दिउँसो करिब १ः३० बजे आफ्नै बारीमा बाँदर धपाउन लोड गरिएको भरुवा बन्दुक बोकेर हिँड्ने क्रममा थापा बारीको डिलमा चिप्लिएका थिए। सोही क्रममा बन्दुक अचानक पड्किँदा उनको दायाँ हातको पञ्जामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते थापाको बुटवलस्थित एडमन सिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनामा प्रयोग भएको भरुवा बन्दुक नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।




