🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

भारतबाट आएको पिकअप रोक्दा खुल्यो चिनी तस्करीको रहस्य !

भद्रपुर (झापा), ११ साउन : झापाको अर्जुनधाराबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ल्याउँदै गरेको ३२ बोरा चिनी र ढुवानीमा प्रयोग गरिएका सवारीसाधन आइतबार नियन्त्रणमा लिएको छ । अर्जुनधारा नगरपालिका-११ कालीझोेडास्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले उक्त अवैध सामग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापाका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीका अनुसार बरामद गरिएको चिनी रु एक लाख १२ हजार बराबर छ । उहाँका अनुसार प्र१-०१-००१च ४०३८ नम्बरको पिकअप गाडी र मे१०प ५७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएका सवारीसाधन तथा चिनीलाई आवश्यक कारबाहीका लागि आज भन्सार कार्यालय काँकरभिट्टामा दाखिला गरिएको निमित्त गणपति रसाइलीले जानकारी दिनुभयो । साथै, सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालको सक्रियता र निगरानी निरन्तर जारी रहने उहाँले बताउनुभयो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *