🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

युवा व्यवसायीहरू असिममान सिंह बस्नेत, आँचल कुँवर र रोहित तिवारीकाे गुनासाे सुनाै

काठमाडौं । सरोकारवालाहरुले एउटै व्यवसायलाई पनि धेरै कानूनले बाधेँको भन्दै असन्तुष्टि जनाएका छन् ।

विधायन व्यवस्थापन समितिको २०८० साउन १५ गते को बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० माथिको छलफलमा सहभागी पठाओ नेपाल प्रालिका प्रबन्ध निर्देशक असिममान सिंह बस्नेतले कानूनले सेवा प्रदायकलाई संरक्षण नगरेको गुनासो गरे । ठूला व्यवसायी मारमा पर्ने र साना व्यवसाय विस्थापित हुनाले विधेयकलाई परिमार्जन गरी व्यापारीलाई उत्साहित बनाउनु पर्नेतर्फ उनको जोड छ ।

दराज केमु प्रालिका प्रबन्ध निर्देशक आँचल कुँवरले सरकारले साना, मझौला व्यापारीको प्रबन्ध गरी दिगोरूपमा विद्युतीय व्यापारको संलग्नतामा बढाउन आवश्यक रहेको बताइन्।

त्यस्तै हाम्रो बजार भेन्चर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत रोहित तिवारीले वस्तु वा सेवाको मर्मतसम्भारको वस्तु तथा सेवाको ग्यारेण्टीको शर्त पालना गर्न सहजीकरण गर्ने व्यवस्था हुनु पर्नेमा जोड दिए ।

उपभोक्ता हित संरक्षणका सचिव जयप्रसाद पौडेलले, उपभोक्तालाई केन्द्रमा राखी विधेयकमाथि थप छलफल हुन आवश्यक रहेको बताए ।

समितिमा  सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापार विधेयक, २०८० ले व्यापारीको प्रवर्द्धन गर्ने भन्दै विधेयक अपूर्ण भएको महसुस गरी थप सुदृढीकरण बनाउन समन्वयनको भूमिका खेल्ने वचन दिइन् ।