🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

नेपाल प्रहरी श्रीमती संघद्वारा धरानका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना र शिक्षामा जोड,

विराटनगर, १२ असार । नेपाल प्रहरी श्रीमती संघले सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २६ जुन २०२६ को अवसर पारेर असार १२ गते आसरा सुधार केन्द्र, पानवारी धरानको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष एवम् आसरा सुधार केन्द्र, रानीबारी काठमाडौंकी प्रमुख संरक्षक श्रीमती नविना खत्री कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे र आसरा सुधार केन्द्र, रानीबारी काठमाडौंकी प्रशासन सचिव रोजी तुलाधर अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालयका छात्रछात्रालाई कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो । सामग्री वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले हरेक बालबालिकाले गुणस्तरीय शिक्षा र सुरक्षित वातावरण पाउनुपर्ने नेपाल प्रहरी श्रीमती संघको उद्देश्यअनुसार शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो ।

उहाँले यस्ता सहयोगले विद्यार्थीहरूको अध्ययनप्रतिको उत्साह बढाउने मात्र नभई उनीहरूलाई सकारात्मक मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । लागुऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि सचेतना, शिक्षा, परिवार, विद्यालय, समुदाय र सुरक्षा निकायबीच साझा सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरूलाई परामर्शदाता नर्सिङ प्रधान र गौरव सिहोरियाले लागुऔषध दुरुपयोगका असर, जोखिम, रोकथामका उपाय तथा सचेतनाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयाल, जिल्ला प्रहरी कार्यालय सुनसरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, आसरा सुधार केन्द्र पानवारी धरानका सञ्चालक समितिका सदस्य, परामर्शदाता, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *