🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

पोखराको एउटा घरमा चोरी गर्दा गर्दै राजन तामाङ प क्राउ

पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका–२६ माझको डाँडास्थित एक घरमा चोरी गर्दै गरेका एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जेठ २२ गते दिउँसो करिब ११:३० बजे धनबहादुर खड्काको घरमा कोही नभएको मौका पारेर मुख्य ढोका र धनसिनाको कोठाको ताल्चा फोडी चोरी भइरहेको अवस्थामा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले घटनास्थल नजिकैबाट चोरीमा संलग्न रहेको आरोपमा कास्कीको कोपिलाचोक बस्ने ३६ वर्षीय राजन तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका तामाङको साथबाट चोरीमा प्रयोग गरिएको फलामको औजार, नगद रकम, एउटा डायरी तथा झोला बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका तामाङविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका उद्योगसम्बन्धी कसुरमा १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले नागरिकलाई घर खाली छोड्दा सुरक्षा सतर्कता अपनाउन तथा कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *