काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको विरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ ।
मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० का विषयलाई लिएर राप्रपा र रास्वपाका सांसदहरुको रोष्ट्रम गर्दै नाराबाजी हुन थालेपछि सभामुख देवराज घिमिरेले आइतबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन् ।




