सीमानाको रक्षा गर्ने तराईका जनता
सीमाना मर्ने पनि दुःखी गरीब जनता
देशको रक्षा गर्नेलाई सम्मान गर्नुपर्ने
तिनै राहत पचाएर भ्रष्ट घर भर्ने ।
सीमाना मर्ने पनि हाम्रै दाजुभाई
नेतामन्त्री कुर्सीमात्र ताक्ने कसो गर्ने भाई
कुर्सीभन्दा ठूलो यहाँ छैन भन्छन् नेता
दुःखीगरी ज्यान बचाउन जानु अब कता ।
साचै देश प्रेमी नेता भए विदेशी किन ताक्थे
आफ्नै बुद्धिबलले देश राम्रोसंग हा“क्थे
आन्तरिक मामला हाम्रो विदेशीलाई भन्ने
विदेशी कै ईसारामा रैछन प्र.म. बन्ने ।
हाम्ले संविधान बनायौं नेपालीलाई भनी
केको चासो भारत–चीनलाई बोल्न कनी कनी
भारतको लागि संविधान हाम्ले लेख्या हैन
हाम्ले ल्याको संविधानमा टाँङ अडाउन पाइन्न ।
हाम्ले संविधान हाम्रै लागि भनी लेख्यो
भारती शासकले उस्कै भनी देख्यो ।
तिम्रो संविधानमा जे लेख हाम्लाई मतलब छैन
हाम्रो संविधानमा तिम्लाई चासो हुनु भैन ।



