🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

मधेस प्रदेशको गृह मन्त्रालयमा तालाबन्दी

महेन्द्रनगर (धनुषा), १७ असार (रासस) : जनयुद्धका शहीद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेको छ । शहीद प्रतिष्ठानले दिने घोषणा गरेको रु तीन लाख नदिएको भन्दै मन्त्रालयमा तालाबन्दी गरेको हो । 

आज विभिन्न जिल्लाबाट आएका जनयुद्धका शहीद परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्ने प्रयास गरे पनि मुख्यमन्त्री उपलब्ध हुन सक्नुभएन । 

मधेश सरकारले गत वर्ष नै जनयुद्धमा सहिद भएका परिवारलाई किस्ताबन्दीमा रु तीन लाख उपलब्ध गराउने घोषणा गरेको थियो । प्रतिष्ठानले तीन वर्षसम्म एक/एक लाख उपलब्ध गराउने कार्यक्रमअन्तर्गत यसपटक सहिद परिवारका सदस्यले पैसा पाएका छैनन् । 

सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ । शहीद परिवारले गतवर्ष जस्तै प्रमाण पत्रको आधार पाउनुपर्ने माग गर्नुभयो । 

शहीद घोषणामा कतिपयको नाम र ठेगाना गलत भएकाले प्रतिष्ठानले सच्याएर मात्र दिने र सो काम सरकारको भएको शहीद परिवारका सदस्य राजु महतोले बताउनुभयो । असार मसान्तभित्र राहत रकम नपाए छुट्याइएको बजेट फ्रिज हुने र नपाउने चिन्ता शहीद परिवारलाई छ ।––