🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

प्रधानसेनापति शर्मा र युएन उपमहासचिवबीच शिष्टाचार भेट

काठमाडौँ, १३ असार (रासस) : प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ-पीय ल्याक्ख्वाबीच २०८० असार १२ गते भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटमा उहाँहरूबीच दुई पक्षीय चासो र आपसी हितका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना  निर्देशनालयले जनाएको छ ।

नेपालको चार दिने भ्रमणमा आउनुभएका उपमहासचिव ल्याक्ख्वालाई उपरथी योगराज शर्मा र परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत अभिवादन गर्नुभएको थियो ।

प्रधानसेनापति शर्मासँग नेपालका लागि म्यानमारका गैरआवासीय सैनिक सहचारी सहायकरथी ये टुट्ले असार १२ गते नै  शिष्टाचार भेटघाट गर्नुभएको निर्देशनालयले जनाएको छ ।

(तस्बिर  : प्रधान सेनापति प्रभुराम शर्मासँग २०८० असार १२ गते मङ्गलबार जङ्गी अड्‍डामा संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिर सौजन्य : नेपाली सेना/रासस)