🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सुतिरहेको बेला अचानक घरमा आगलागी, एकै परिवारका चार जना जलेर घाइते

बारा, १ जेठ । बाराको आदर्श कोतवाल गाउँपालिका-१ च्युटाहास्थित एक घरमा आइतबार राति आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाइते भएका छन् । घाइते हुनेमा पतिपत्नी र दुई छोरा रहेका छन् ।

लामखुट्टे भगाउन बालिएको धुपबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीया छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएका हुन् । उनीहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भीर रहेको छ । सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनिहरुलाई अस्पताल लगेका थिए ।

आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पाण्डेका अनुसार आगलागीबाट चार लाख १० हजार बराबरको क्षति भएको छ ।