हालै १४ बर्षका सबैभन्दा बढी तौल भएका एक बालकको सर्जरी गरिएको छ । भारतको पश्चिम दिल्लीका स्थायी मिहीर जैनको सर्जरी गरी तौल सामान्य बनाइएको छ । उनलाई आफ्नो तौलको कारण हिंडडुल गर्न समेत समस्या थियो । उनको १४ बर्षकै उमेरमा तौल भने २३७ किलो पुगेको थियो । उनको कम उमेर भएको कारण सन् २०१० मा चिकित्सकले सर्जरी गर्न अस्वीकार गरेका थिए ।
मोटोपनको कारण उनले स्कूल समेत छोड्न बाध्य हुनु परेको थियो । उनको पछिल्लो समय ग्यास्ट्रिक बाइपास सर्जरी गरी तौल घटाएर सामान्य बनइएको खबर छ । उनलाई आफ्नो डाइटमा पनि नियन्त्रण गर्न चिकित्सकले सल्लाह दिएका छन् । अहिले २५०० क्यालोरी खाने मिहिर अहिले ८०० क्यालोरी डाइट मात्र खाने गर्छन् ।



