🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

प्रधान सेनापतिका बन्नका लागि भयंकर चलखेल 

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति नियुक्तिको समय जतिजति निकट आउ“दैछ, त्यो पद प्राप्तिका लागि दावेदारबीच अप्रत्यक्ष भिडन्त पनि सुरु भएको छ । सत्तारुढ दलका नेता र प्रधानमन्त्री, रक्षा मन्त्रीलगायतका शक्ति केन्द्रहरुमा प्रधान सेनापतिका लागि निकै दौडधुप र चलखेल भइरहेको सैनिक हेडक्वार्टर स्रोतबाट थाहा भएको छ ।

२०७५ भदौ २४ गतेबाट रिक्त हुने प्रधान सेनापतिका लागि एक नम्बर रथी पूर्णचन्द्र थापा प्रवल दावेदार हुन् भने थापालाई पछारेर आपूm प्रधानसेनापति बन्ने दौडमा दुई नम्बर रथी हेमन्तराज कुँवरको सक्रियता रहेको स्रोत  बताउछ । 

 नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री अवकास विदा बस्ने दिन २०७५ असार २५ गतेबाट २०७५ साउन २३ गते ३०  दिन मात्र बाँकी छ । तर, अवकासको दिन गन्ती सुरु भएपनि प्रधानसेनापति क्षत्री भने प्रधानमन्त्री केपी शर्मा ओलीको मनचित्त बुझाएर मन्त्रिपरिषद्बाट आफ्नो विदेश भ्रमणको प्रस्ताव हतारहतारमा स्वीकृति गराएर चीनको भ्रमणपछि बर्मातिर मस्त छन् । नेपाली सेनाको परम्परा अनुसार, प्रधानसेनापति क्षत्री २०७५ साउन २४ गतेबाट विदामा बस्दैछन् ।

प्रधानसेनापति क्षत्री विदामा बसेपछि हाल एक नम्बर रथी रहेका पूर्णचन्द्र थापाले नेपाली सेनाको का.मु.प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् । त्यसपछि २०७५ भदौ २४ गते प्रधानसेनापति क्षत्रीले तीन वर्षेकार्यकाल समाप्त गरेर अवकास पाउने छन् । २०७५ भदौ २४ गतेसम्म प्रधानसेनापतिमा एक नम्बर रथी रहेका पूर्णचन्द्र थापाको नियुक्ति हुन सकेन भने पूर्णचन्द्र थापाको रथीको उमेर हद ५८ वर्षका कारणले २०७५ भदौ २५ गते अनिवार्य अवकास हुनेछ । 

अहिले यही २०७५ भदौ २५ गते अनिवार्य अवकास हुने कारणले नेपाली सेनाको भावी प्रधानसेनापतिका लागि दुई नम्बर रथी बलाध्यक्ष हेमन्तराज कु“वरको पनि चलखेल सुरु भएको चर्चा चलेको छ ।  हेमन्तराज कुँवर  र बसन्तराज कुँवरले सबै शक्ति परिचालन गरेर का.मु. प्रधानसेनापति रथी  पूर्णचन्द्र थापाको बाटोमा तगारो हाल्ने भरमग्दुर प्रयास गरिरहेको सैनिक स्रोत  बताउछ ।

 
रथी  पूर्णचन्द्र थापाको एक वर्षे म्याद थप गर्नका लागि हिजो सहयोग गरेका प्रधानसेनापति राजेन्द्र क्षत्री र ‘दाजु’ रमिन्द्र क्षत्रीले समेत अहिले आएर साथ छोडेको चर्चा छ । रथी  पूर्णचन्द्र थापालाई हिस्स पार्ने मेसोमा ‘‘तिम्राविरुद्ध निकै चलखेल भएको छ, सतर्क हुनु भनेर’’ सचेत गराएर प्रधानसेनापति क्षत्री विदेश भ्रमणतिर लागेका छन् । सैनिक स्रोतका अनुसार, रथी हेमन्तराज कुँवरका दाजु बसन्तराज कुँवर  अहिले सत्तारुढ दलका शक्ति केन्द्रहरुमा दिनरात धाएर कुरा मिलाउने र रक्षा मन्त्री ईश्वर पोखरेललाई समेत ‘कन्भिन्स’ गर्न सक्रिय रहेका छन् । 

नेपाली सेनामा वरिष्ठ रथीलाई प्रधानसेनापति नियुक्त गर्ने परम्परा रहिआएको छ । तर, प्रधानसेनापतिको नयाँ  नियुक्त हुने समयमा हरेक पटक शक्ति केन्द्रहरुमा चलखेल हुने गरेको छ । कारण, संविधानको धारा २६७ (५) अनुसार,‘‘राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा प्रधान सेनापतिको नियुक्ति र पदमुक्ति गर्नेछ ।’’ भन्ने उल्लेख छ । त्यसैगरी सैनिक २०६३ को दफा ८ मा पनि प्रधान सेनापतिको नियुक्ति नेपाल सरकारबाट हुनेछ । निजलाई दज्र्यानी चिन्ह प्रधानमन्त्रीबाट प्रदान गरिने छ ।’’ उल्लेख छ । 

संविधान र सैनिक ऐनले प्रधान सेनापतिको नियुक्तिका लागि कुनै स्पष्ट आधारहरु नतोकेकाले सरकारले चाहेको रथीलाई प्रधान सेनापतिमा नियुक्त गर्ने बाटो खुला रहेको देखिन्छ । यही आधारमा दुई नम्बरमा रहेका रथी हेमन्तराज कुँवरलाई चलखेलहरुले चलखेल गर्ने सुअवसर पाएका छन् । अवकास हुने प्रधान सेनापतिले पनि आपूm एकमहिने विदामा बस्नु अघि नै वरिष्ठ रथीलाई एक नम्बरमा र दुई नम्बर रथीलाई दुई नम्बरमा अर्थात् पुच्छर  राखेर महारथी तथा प्रधान सेनापतिमा बढुवाका लागि सिफारिस गर्नुपर्ने छ । 

रथी थापाको मनमा चिसो  

यस पटकको प्रधान सेनापतिमा बढुवा सन्दर्भ यसभन्दा अघिभन्दा अलि बढी नै कष्टकर रहेको चर्चा सेनाभित्र सुरु भएको छ । रथी हेमन्तराज कुँवर प्रधान सेनापति क्षत्रीका आमातिरका नाता पर्ने ब्यक्ति हुन् । त्यस नाताले गर्दा पनि रथी पूर्णचन्द्र थापाको मनमा अलि बढी नै चिसो पसेको हुन सक्ने चर्चा सेनाका अधिकृतहरुले गर्ने गरेका छन् । 

जर्नेलहरुको सरुवा –बढुवा

प्रधान सेनापति क्षत्रीले  केही उपरथीहरुको सरुवा सिफारिस गरेको थाहा भएको छ । सरुवा हुने उपरथीहरुमा डीएमओका शरद गिरी स्टाफ कलेज, स्टाफ कलेजका प्रल्हाद थापा डीजीएमटीमा, देवकुमार सुवेदी डीएमआइमा र पोखरा प्रितनाका देवेन्द्र मेधासी राष्ट्रिय सुरक्षा परिषद्मा, पोखरामा काजी खत्री र हेटौंडाका प्रितनापति प्रभुराम शर्मा डीजीएमओमा सरुवा भएको थाहा भएको छ । हेटौंडाको रिक्त प्रितनापतिमा २०७५ असार  २४ गते बसेको मन्त्रिपरिषदले उपरथीमा बढुवा गरेका सुवर्ण शाहको दरबन्दी तोकिएको छ । प्रधानसेनापति क्षत्री विदेश भ्रमणमा रहेकाले शाहले दज्र्यानी चिन्ह पनि लगाउन एक हप्ता ढिलो हुने भएको छ । 
(२०७५ असार २५ गतेको साँघु साप्ताहिकबाट)