🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

भोलि अपराह्न ४ बजे संसद्को बैठक बस्दै

काठमाडौँ, २३ वैशाख (रासस) : सङ्घीय संसद् (प्रतिनिधि र राष्ट्रियसभा) को बर्खे अधिवेशन भोलि आइतबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरे बमोजिम अधिवेशन भोलि अपराह्न ४ बजे बानेश्वरस्थित संसद् भवनमा सुरु हुनेछ । 

सङ्घीय संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा र राष्ट्रपतिको कार्यकालबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा बढेर सुनाउने तालिका छ । 

त्यसैगरी भोलिको बैठकमा सभामुखले आफ्नो अनुउपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनय गर्ने तालिका छ । त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश गर्ने कार्यतालिका छ । बैठकको अन्तिममा अर्थमन्त्री डा प्रकाशशरण महतले, ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । 

आज बसेको सत्ता गठबन्धनको बैठकमा सरकारको आगामी बजेट र नीति तथा कार्यक्रमसम्बन्धी छलफल भएको थियो । यस अधिवेशनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम आय व्यायको विवरण (बजेट) प्रस्तुत हुनेछ । 
—