🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

भारतको नयाँ दिल्लीबाट नौ महिला र एक बच्चाको उद्धार

काठमाडौँ, ९ चैत (रासस) : आकर्षक काममा लगाइदिने बहानामा भारतमा लगेर बेचबिखनमा परी देहव्यापारमा लगाइएका नौ महिला र एक बच्चालाई उद्धार गरिएको छ ।

भारतको नयाँ दिल्लीमा उनीहरूलाई फ्ल्याटमा राखेर यौन व्यावसायमा लगाइएको गुनासो आएपछि उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौँले राससलाई जानकारी दिएको छ । 

ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार उनीहरूलाई संरक्षित संस्थामा राखेर मनोविमर्श सेवा दिइरहेको र घटनाका विषयमा आवश्यक अनुसन्धान जारी रहेको छ । उनीहरूसँग सोधपुछसमेत जारी रहेकाले उनीहरूको बयानका आधारमा बेचबिखन गर्ने व्यक्तिको खोजी गरिने उहाँले जानकारी दिनुभयो ।

उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा भारतस्थित नेपाली दूतावास, यस क्षेत्रमा काम गर्ने संस्थासँगको समन्वयमा उद्धार गरेर ल्याइएको पनि पङ्गेनीले बताउनुभयो ।–––