🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

करोडौ मूल्य पर्ने सवारीसाधनहरु लिलाम हुन नसक्दा भन्सार परिसरमै नष्ट हुँदै

जनकपुरधाम, ९ चैत । विभिन्न मितिमा प्रहरीले बरामद गरेर जनकपुर भन्सार कार्यालयलाई बुझाएको ७०० सवारीसाधनहरु लिलाम हुन नसक्दा नष्ट हुन थालेका छन् । 

प्रहरीले बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको सवारीसाधनहरुमा मोटरसाइकल ६८०, तीन पांग्रे टेम्पु ८, र पिकअफ भ्यान १२ वटा गरी ७०० सवारीसाधनहरु लिलाम हुन सकेको छैन । करोडौ मुल्य पर्ने सो सवारीसाधानहरु भन्सार परिसरमा यत्रयत्र राखिएकोले घामपानीका कारण नष्ट हुन थालेको छ । 

२०७८ पुस महिनामा लिलाम भएयता हालसम्म कुनै प्रकारको सवारीसधानहरु लिलाम हुन नसकेको भन्दै भन्सार प्रमुख केशवराज ओलीले लिलामी प्रक्रिया झन्झटिलो भए पनि निकट भविष्यमा सो साधनहरु लिलाम गर्न सूचना निकालिने बताए । 

ति सवारीसाधनहरु चोरीपैठारीमा प्रयोग हुँदै आएको र प्रहरीले विभिन्न मितिमा बरामद गरी भन्सार कार्यालयलाई बुझाएको हो ।