🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

नेपाल बैंकसहित विभिन्न बैंकका एटीएम मेसिन फोर्न कोसिस गर्ने दुई जना पक्राउ

कास्की, १० फागुन । पोखरामा मंगलबार बिभिन्न समयमा नेपाल बैंकसहित विभिन्न बैंकका एटीएम मेसिन फोर्न कोसिस गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । 

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१० रामबजार स्थित रहको एनआईसी एसिया बैंकको एटीएम मेसिन, वडा नं.१५ बनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेडको एटीएम मेसिन र रामबजार पेन्सनक्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको एटीएम मेसिन फोर्नको लागि तोडफोड गर्ने, ढुङ्गाहान्ने तथा सीसी टिभी क्यामेरा कागजले छोप्ने गरेको भन्ने सूचनाको आधारमा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट प्रहरी खटिई गई उक्त घटनामा संलग्न जिल्ला उदयपुर गाईघाट नगरपालिका वडा नं.७ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटन बस्ने वर्ष २१ को शुसिल चाम्लिङ राई र जिल्ला लम्जुङ मर्स्याङ्दी गा.पा. वडा नं.४ स्थायी घर  सोही ठाउँ बस्ने वर्ष २१ को अर्जुन भन्ने लु बहादुर गुरुङलाई पक्राउ गरेको हो । 

उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिन दश (१०) म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।