🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

पन्ध्र करोडकाे छेडा-जुम्ला सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती

सुर्खेत, १८ मंसिर । ठेकेदारको लापरवाहीले छेडा-थलह-सानाखोला-चाँदे-जुम्ला सडक आयोजना अललपत्र परेको छ ।

 जाजरकोटको छेडादेखि जुम्ला जोड्ने छोटो मार्गको रुपमा रहेको यो सडक खण्डको ३० किलोमिटर ट्रयाक खोल्न बाँकी नै छ ।

नेपालगन्जको अमर सिस्ने जेभीले सानाखोलादेखि जुम्ला सिमानासम्म ३० किलोमिटर सडक निर्माणको ठेक्का लिए पनि एक वर्षमा १५० मिटर ट्रयाक मात्र खनिएको छ ।

पाँच वर्षभित्र सडक निर्माण सक्ने लक्ष्य रहेपनि काम सुस्त छ । कम्पनीले कुल ठेक्काको १० प्रतिशत अर्थात १ करोड ३५ लाख रकम लिइसकेको पूर्वाधार विकास कार्यालयका जाजरकोटका प्रमुख सोहिन्दर यादवले जानकारी दिए ।

अमर सिस्ने जेभी नेपालगञ्ज बाँकेले १५ करोडमा ठेक्का लिएको पूर्वाधार कार्यालयले जनाएको छ । कम्पनीले आउँदो ०८२ पुस ४ गतेभित्र सडक निर्माण गरिसक्ने गरी ०७८ पुस ५ गते ठेक्का लिएको हो ।

पेस्की रकम बुझेर पनि लामो समयसम्म काम सुरु नगरेपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीले पटक–पटक ताकेता गरेको छ ।

कार्यालयले ४ पटक पत्राचार गरेर कम्पनीलाई तीब्र गतिमा सडक निर्माण गर्न ताकेता गरेको छ । तर कार्यालयको ताकेतालाई ठेकेदार कम्पनीले वेवास्ता गर्दै आएको छ ।

हेमन्त केसी